header

aa

रेडियाे, दामन एफ. एम. 90.8 मेगाहर्ज

speakermusicspeaker

Saturday, January 2, 2016

बज्रवाराहीमा मानव बेचविखन विरुद्ध अन्तरक्रिया

निराजन गोपाली
 मकवानपुर थाहा नगरको बज्रवाराहीमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, रोकथाम तथा पिडित/प्रभावितहरूको संरक्षण विषयक एक दिने अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । 
कार्यक्रमका सहभागीहरु ।
अन्तरक्रियामा राजनीतिक दल, पत्रकार तथा मानवअधिकार रक्षकहरूको सहभागिता रहेको थियो । युएसएआइडी र द एशिया फाउण्डेशनको सहयोगमा जन अधिकार संरक्षण मञ्च काठमाण्डौको आयोजनामा भएको कार्यक्रममा अधिवक्ता सतीश शर्मा र मुकुन्दप्रसाद अधिकारीले कानूनी उपचार र नेपालमा बेचविखनविरुद्ध कानूनी सुरक्षाको विषयमा सहजीकरण गर्नुभएको थियो । सहभागीहरूलाई बेचविखनलाई नियन्त्रणमा संचारकर्मीको भूमिकाको विषयमा पत्रकार सुरजकुमार भुजेलले सहजीकरण गर्नु भएको थियो । 
कार्यक्रममा थाहा नगरका विभिन्न निकायमा प्रतिनीधित्व गर्ने व्यक्तीहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा थाहा नगरपालिका कार्यालयका प्रशासन शाखाका अनिल लामिछाने, संयूक्त वडा सेवा केन्द्र बज्रवाराहीका सचिव गौतम बस्ती, निष्पक्ष युवा समूहका अध्यक्ष निराजन गोपाली  लगायतकाको सहभागिता रहेको थियो । 
कार्यक्रमका सहभागीहरु ।