header

aa

पाण्डुकेश्वर

थाहा नगरपालिका ३ मा रहेकाे पाण्डुकेश्वर महादेवकाे मन्दिर

डाँडाबास बजार

अाग्रा गाविसमा रहेकाे मनाेरम डाँडाबास बजार

इन्द्र सराेवर

मार्खू गाविसमा रहेकाे मानव निर्मित कुलेखानी ताल

अाहा दामन

थाहा नगरकाे दामनबाट देखिने सुन्दर हिमालकाे दृष्ष

घैंटाे जात्रा

थाहा ७ शिखरकाेटमा कृष्णअष्टमीकाे भाेलि पल्ट लाग्ने घैंटाे फुटउने जात्रा संगै लालि गुँरास

Wednesday, February 10, 2016

नेतृत्वमा अब्बल गाँउका महिला

मकवानपुर मार्खु गाउँका लागि ललिता थापाको नाम नौलो होईन । स्थानीय स्तरका बिभिन्न संघ, संस्था, समहुको नेतृत्व गर्ने थापा कालसिंङखोला सामुदायिक वनको अध्यक्ष हुनुहुन्छ । सामुदायिक वनको साथै उहाँ आफ्नै वडाको श्रीकृष्ण महिला समूहको पनि अध्यक्ष हुनुहुँन्छ । बाल्यकालमा स्कूल भर्ना नै नभएकी उहाँ बैठक पूस्तिकामा ल्याप्चे लाउनुहुँन्न। 
बाबु आमाले घरैमा सिकाएका कखराको भरमा ललिता, पर्चा पम्पप्लेटका अक्षर फुटाउन सक्नुहुँन्छ, आयआर्जन समूहको माइन्नयूटको निर्णय पढ्न फरर पढ्न सक्नुहुँन्छ । स्कूलै नगइ सिकेको शिक्षाको भरमा उहाँ गाउँमा हुने बैठक र भेलामा आफ्नो उपस्थित देखाउन सक्षम हुँनुभएको छ । महिलाहरुले केही गर्नै सक्दैनन् भन्ने भनाइलाई उद्धाङ्गो पार्न मार्खुका महिलाहरु क्रमशः सफल हुँदै गएको थापा बताउँछिन् बताउनुहुँन्छ । 
भेलाहरुमा बोल्दै नबोली बस्दा पद र नेतृत्वमा पुरुष मात्रै पुग्ने थापाको अनुभव छ । त्यही कुरालाई बुझेर पद र नेतृत्वको लागि आफै अग्रसर हुन थालेको उहाँ भन्नुहुँन्छ । केही वर्ष अघिसम्म कुनै पनि समितिमा सक्रिय नहुँनुभएकी थापा गाउँमा समूह र समितिहरु गठनको सुचना पाउनासाथ आफै उपस्थित हुँनुहुँन्छ । 
ललिता जस्तै मकवानपुरको थाहा नगरपालिका वडा नंबर ६ की गिता कार्की वर्षैदेखि सहकारीमा सक्रिय हुँनुहुँन्छ । सहकारीको समूहमा आवद्ध हुँदै उहाँ अहिले गाउँकै सहकारीको नेतृत्व गरिरहनुभएको छ । शिक्षण पेशा गर्दै आउनुभएकी गिता चेतनशील महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष हुँनुहुँन्छ । उहाँ महिला सशक्तीकरण समाज नामक गैर सरकारी संस्थाको पनि अध्यक्ष हुँनुहुँन्छ ।
महिला अधिकार प्राप्ती र विकासका लागि महिला नेतृत्व आवश्यक ठान्ने उहाँ घर परिवार, समुदाय र राष्ट्रले गर्ने महिला माथिको विभेद अन्त्य गर्नका लागि महिला नेतृत्व आवश्यक रहेको बताउँनुहुँन्छ । तर, यस्तो नेतृत्वको लागि ठूला ठूला पदमा पुग्न गाउँ स्तरबाटै महिलाहरु सक्रिय हुनुपर्ने कार्कीको भनाइ छ । 
आफ्नो भाग्य भन्दै निरुत्साहित भएर पिडामा परेका महिलाको अधिकार स्थापित गर्नका लागि पनि महिला नेतृत्व अपरिहार्य रहेको उहाँको भनाइ छ । महिलाको उत्साह जगाउन, सहभागिता सुनिश्चित गराउन पनि महिला सहभागिताको आवश्यकता औल्याउनुहुँन्छ कार्की । ‘महिलामैत्री कानून बनाउन, बनेका कानून कार्यावयनमा ल्याउन पनि महिला नेतृत्वमा हुनुपपर्छ’–कार्कीले थप्नुभयो । 
महिलाहरुले विभिन्न क्षेत्रमा सहभागिता बढाउँदै गए पनि कुनै न कुनै ढंगले भान्सामा जोडिनै पर्ने बाध्यता रहेको मार्खु गाउँ विकास समिति वडा नंबर ८ की न्हेमाडोल्मा छुमीको भनाई छ  । गाउँमा खानेपानीको समस्या बढ्दै जाँदा भान्सा चलाउनै गाह्रो हुँदा पुरुषहरुको सह
योग कमी हुँदै गएपछि आफू नेतृत्वका लागि अघि सर्नु परेको छुमीको अनुभव छ । उहाँ  अहिले मार्खु खानेपानी समितिको अध्यक्ष हुँनुहुँन्छ ।

नौ जनाको समितिमा दुई जना पुरुषले पनि सहयोग गरेका गर्नुभएको छ । तर नेतृत्व भने महिलाको छ । खानेपानीका धारामा चाहेको बेलामा पानी नआउँदा महिलालाई नै समस्या हुन थालेपछि त्यसको व्यवस्थापन पनि महिलाले नै गरेपछि सहजता आएको उहाँको भन्नुहुँन्छ । गाउँका महिलाहरुको भेलाले महिला नै खानेपानी समितिको नेतृत्व गर्नका लागि सुझाव दिएपछि त्यसको नेतृत्व आफैले गरेको उहाँको भनाइ छ ।
समुदायको संरचनाहरुमा महिलाहरुको सहभागिता बढ्दै जाँदा विकास निर्माणका लागि हुने निर्णायक बैठकमा पनि महिलाको सहभागिता बढ्न थालेको मार्खुकी सामाजिक परिचालक सम्झना बलामीले बताउनुभयो । गाउँ परिषद्को योजना तर्जुमा बैठकमा पनि तुलनात्मक रुपमा महिला सहभागिता बढेको बलामीको भनाई छ।
सामुदायिक वनमा पचास प्रतिशत महिला सहभागिता अनिवार्य गरेको सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरकी अध्यक्ष पञ्चमाया स्याङ्तानको भनाई छ । त्यस्तै गाउँ तथा नगर क्षेत्रमा विकास निर्माणका लागि गठन हुने उपभोक्ता समितिमा पनि अध्यक्ष, सचिव वा कोषाध्यक्ष मध्ये एकजना महिला सहभागिता अनिवार्य गरेकोले पनि महिला नेतृत्व विकास र सहभागिता वृद्धि गर्न सहयोग मिल्दै गएको थाहा नगरपालिकाका योजना प्रमुख प्रकाश कुमार लामाले बताउनुभयो । 

Saturday, January 16, 2016

रूपचन्द्र विष्टकाे दश दर्शन

रूपचन्द्र त्यस्ता नेता हुन्, जो चुनावमा चुनावी-पर्चा बिक्री गरेर प्रचार गर्थे । मत दिने जनतालाई 'तिमीहरू भाते, कुकुर हौ' भनेर मत माग्थे । तर, उनी कति लोकपि्रय थिए भने व्यवस्थाविरोधी एजेन्डा बोकेर, व्यवस्थाले नै हराउन खोज्दा पनि चुनाव जित्थे । उनी जनतासँगै श्रम गर्थे, जनताकै असल मित्र थिए, आफ्नो पूरै जिन्दगी जनताको हितमा दिए ।

'थाहा आन्दोलन' का प्रणेता जनतालाई 'थाहा' दिन जिन्दगीभरि जागिरहेका विष्टको आफ्नै दर्शन थियो, दर्शनका पक्षमा आफ्नै तर्क र व्याख्या थिए । रूपचन्द्रको स्मृतिदिवसका अवसरमा उनको मौलिक दर्शन र जीवनशैलीसँग सम्बन्धित दस बुँदा मात्र यहाँ प्रस्तुत छन्
जनता जाननीय भए मात्रै नेता माननीय

रूपचन्द्रले तत्कालीन राष्ट्रिय पञ्चायतका अध्यक्षलाई सम्मानीय भनेनन् । राष्ट्रिय पञ्चायत सदस्यलाई जस्तै 'माननीय अध्यक्ष' मात्रै भने । अरू सदस्यले नियमापत्ति गरे । रूपचन्द्रले तर्क गरे, 'जनता जाननीय नभई हामी कसरी माननीय हुन सक्छौँ, अध्यक्ष महोदय ? तसर्थ अध्यक्ष पनि सम्माननीय
हुन सक्दैन ।'

छोरा तेरो, चासो हामीलाई 

रूपचन्द्रले मकवानपुरका सबै बासिन्दालाई आ-आफ्ना छोराछोरी पढाउन अनुरोध गर्थे । किन छोराछोरी पढाउने भनेर उनी प्रशिक्षण पनि दिन्थे । नपढाउने अभिभावकलाई श्रम-सजायसमेत दिइन्थ्यो । रूपचन्द्रले छोरी नपढाउनेलाई दोब्बर सजायको व्यवस्था गरेका थिए ।
एकपटकको भेलामा एकजना अभिभावकले भनेछन्, 'मेरा छोराछोरीको मलाई नै चिन्ता छ । छोरो पढाऊँ कि नपढाऊँ, तँलाई के खाँचो ?'

रूपचन्द्रले भने, 'छोरो मात्रै तेरो हो । त्यसले पढ्ने कि नपढ्ने भन्ने तँलाई भन्दा हामीलाई बढी चासो हुन्छ । तेरो छोराले पढेन भने त्यो चोर, डाँका, दुष्ट हुन्छ । त्यस्तो हुँदा उसले तेरो घर त चोर्दैन, हाम्रो घरमा चोर्छ । हामीलाई बढी दुःख दिन्छ । त्यसैले तेरो छोराले नपढ्नुमा हामीलाई बढी चासो छ । बुझिस् ?'
त्यसपछि रूपचन्द्रले शिक्षाबारे नारा नै बनाए, 'छोराछोरी पढाउने जिन्दावाद, छोराछोरी नपढाउने मुर्दावाद !'

भेट हुँदा तपाईं, छुटेपछि तँ !

रूपचन्द्र अत्यन्तै विरलै मान्छेलाई तपाईं भन्थे । तिमी भनेर सम्बोधन गर्नेहरू पनि अत्यन्तै कम थिए । अरू सबै-सबैलाई उनले 'तँ' भन्थे । किन ?
'भेट हुँदा मात्रै तपाईं भन्ने, तर छुट्नासाथ तँ भन्ने तिमीहरू ढोंगी र पाखण्डी हौ । भित्री मनले तँ भन्ने भएपछि अघिल्तिर तपाइं भनेर किन ढाँट्ने ? किन स्वाङ पार्ने ?'
यही तर्कसहित रूपचन्द्रले नेता, प्रशासकदेखि सबै उच्च ओहोदामा आसीनलाई पनि अघिल्तिरै तँ सम्बोधन गर्थे ।

जस्तो देख्यो, त्यस्तै !

रूपचन्द्रले कतिपय वरिष्ठ नेता र नाम चलेका व्यक्तिलाई पनि आफ्नै नाम दिएका थिए । उनीसित नकारात्मक अर्थ वहन गर्ने विशेषणसहितका ती नामको व्याख्या पनि थियो । उनी जसलाई जस्तो देख्यो, उस्तै भन्थे । भ्रष्टाचारी भेटियो भने 'के छ भ्रष्टाचारी ?' भनिदिने ।

एकपटक मकवानपुरकी एक दुलहीलाई विवाहकै दिन उनले दाह्रे भनिदिए, 'ल दाह्रे रहिछस्, तेरो विवाह सफल होस् !'
दाँत अलिकति बाहिर निस्केकी ती महिला विष्टसँग तीन वर्षसम्म बोलिनन् । पछि मात्रै रूपचन्द्रको खुला स्वभाव चिनेपछि उनी बोलेकी थिइन् ।

जरुरी छैन नाता

रूपचन्द्र सबैलाई सोझै नामबाट बोलाउँथे । दाइभाइ, दिदीबहिनी, काकाकाकी आदि भनेको उनलाई मन पर्दैनथ्यो । कसैले उनलाई 'दाइ' सम्बोधन गर्‍यो भने हपार्थे, 'ए, भाते ! तेरो बा र मेरी आमाबीच वा मेरा बा र तेरी आमाबीच के सम्बन्ध छ र मलाई 'दाइ' भन्छस् ? खुरुक्क मेरो नामले
बोलाउन सक्दैनस् ?'

आफ्नो-आफ्नो खुस

रूपचन्द्र वाक्स्वतन्त्रताबारे हदैसम्मको वकालत गर्थे । उनी असीमित वैचारिक-स्वतन्त्रता हुनुपर्छ भन्ने मान्यता राख्थे । बोलेको कुरालाई कसरी लिने भन्नेमा चाहिँ सुन्ने मान्छे स्वतन्त्र हुन्छ भन्थे । रूपचन्द्र भन्थे, 'के बोल्ने, तेरो मुखको खुस, सुन्ने कि नसुन्ने, अरूका कानको खुस । तेरा मुखका खुसलाई अरूका कानका खुसले बाधा पार्न पाइँदैन । म के बोल्ने, मेरो मुखको खुस । मेरो मुखको खुसमा अरू कसैले शासन गर्न पाइँदैन । मैले 'बाँकी सप्पै संसार बेठीक, म मात्रै ठीक' भन्न पनि पाउनुपर्छ ।'

सत्य बोल्न रूपचन्द्र कसैको डर, धक मान्दैनथे । आफूलाई लागेको सत्य उनी राष्ट्रिय पञ्चायत बैठकदेखि आमसभासम्म स्पष्ट भन्थे । पञ्चायती व्यवस्थामा निर्वाचित उनी पञ्चायतलाई नै शोषक र फटाहा व्यवस्था भन्थे । उनका सहयोगीले यसरी बोल्दा हामीलाई अप्ठ्यारो पर्छ कि भन्दा रूपचन्द्र कड्किन्थे, 'कसलाई सजिलो पर्छ र कसलाई असजिलो पर्छ भन्ने उसैको काम । कसलाई खुसी पार्ने भनेर बोल्ने मेरो काम होइन, के सत्य हो भन्ने मात्रै मेरो काम ।'

तँ पाइले मान्छे, म बाटे मान्छे 

एकपटक रामनारायण बिडारीले भाषण सम्पादन गरे रूपचन्द्र विष्टको । त्यहाँ निरंकुश व्यवस्थाको अगाडि 'पञ्चायत' शब्द थप्न बिडारीले अनुरोध गरे । तर, रूपचन्द्र विष्ट त्यसो गर्न मानेनन् । किन ? उनले भने, 'हामीले एकैचोटि त्यस्ता शब्द प्रयोग गर्नुहुँदैन । के भनेको र कसलाई भनेको भन्ने जनताले प्रस्ट बुझ्ने, तर कानुनले समात्न नसक्ने कुरा बोल्नुपर्छ । तैंले यस्तो कुरा बुझेको छैनस् ।

उनले सबैजसो निरंकुश व्यवस्थाको विरोध गर्नेक्रम सदाबहार तर्क राख्दै भने, 'तँ पाइले मान्छे, एक पाइलाको र आजैको कुरा गर्छस् । तर, म बाटे मान्छे, लामो बाटो पार गर्नेसम्मको कुरा सोच्छु ।'

प्रतिपाँच मिनेटको हिसाब 

रूपचन्द्र विष्टको आफ्नै जीवनशैली थियो, श्रम गर्ने, सत्य बोल्ने, ध्यान गर्ने, थाहा दिने । प्रत्येक पाँच मिनेटको हिसाब गर्नुपर्छ भन्ने उनको आग्रह हुन्थ्यो । उनले अरूलाई पनि भन्थे- एक पाँच मिनेट सत्य बोल, एक पाँच मिनेट सत्य सोच (ध्यान गर), एक पाँच मिनेट सत्य थाहा देऊ । एक दिनमा दुई सय ८८ पाँच मिनेट छन् । तिमी कम्तीमा तीन पाँच मिनेट सत्य र थाहालाई किन दिन्नौ ?'

एक अँगालो स्वास्नी एक थाल भात

रूपचन्द्रले सत्य बोल्न कसैको डर, धक मान्दैनथे । आफूलाई लागेको सत्य उनी राष्ट्रिय पञ्चायत बैठकदेखि आमसभासम्म स्पष्ट भन्थे । पञ्चायती व्यवस्थामा निर्वाचित उनी पञ्चायतलाई नै शोषक र फटाहाको व्यवस्था भन्थे । उनका सहयोगीले यसरी बोल्दा हामीलाई अप्ठ्यारो पर्छ कि भन्थे । तर, रूपचन्द्र कड्किन्थे, 'कसलाई सजिलो पर्छ र कसलाई असजिलो पर्छ भन्ने उसैको काम । कसलाई खुसी पार्ने भनेर बोल्ने मेरो काम होइन, के सत्य हो भन्ने मात्रै मेरो काम ।'

को दोषी ?

रूपचन्द्रले थाहा आन्दोलनको प्रवर्द्धन गर्न थुप्रै नारा, गीत, कविता, टुक्का, मन्त्र पनि बनाएका थिए । एउटा कवितांश :
'केटाकेटी बिग्रे बाबुआमा दोषी
जनता बिग्रे सरकार दोषी
सरकार बिग्रे व्यवस्था दोषी
व्यवस्था बिग्रे अगुवा दोषी
अनि यथार्थमुखी, कर्तव्यमुखीबाहेक
पछुवा, भगुवा सारा दोषी ।
जात ठूलो कि जनता ?
नाता ठूलो कि न्याय ?
स्वार्थ ठूलो कि स्वार्थ ?'
(०३९ को स्थानीय चुनावको प्रचारमा तयार)


बाख्रा गोठालो चितुवा

पञ्चायती व्यवस्था यस्तै छ भनेर ०३९ मा उनले तयार पारेको अर्को कवितांश :
पैसाबाट सत्यता
पदबाट इन्साफ,
जातबाट जनहित
शोषकबाट विकास,
विदेशीबाट राष्ट्रियता
रन्डीबाट इमान,
गुन्डाबाट राजनीति
शासकबाट प्रजातन्त्र,
पाइन्छन् भन्नेले
लगाएछन् चितुवालाई
बाख्राको गोठालो ।


Sunday, January 10, 2016

विवेक नबेच्ने रुपचन्द्रः खगेन्द्र संग्रौला

कहिल्यै विवेक बेचेर नखाने राजनितिज्ञ रुपचन्द्र विष्ट भएको राजनीतिक विश्लेषक तथा वरिष्ट लेखक खगेन्द्र सौंग्रोलाले बताएकाछन् । सबैका माझ आफ्नो विवेक लगाएर ठाडो शिर गरेर हिँड्न रुपचन्द्रले नै सिकाएको उनले बताए । राजनैतिक विश्लेषक संग्राैलाले मागेर कहिल्यै ठूलो र धनी नहुने बताउँदै भने–‘भगवानसंग मागे पनि मान्छे सकिन्छ लैनचौर अगाडि गएरमागे पनि सकिन्छ ।’ थाहा दर्शन प्रतिपादन, प्रयोग भएको ठाउँमा थाहा प्रति जति उत्साह, गर्व र प्रयोग हुनुपर्ने त्यो हुनै नसकेको बताए । थाहा आन्दोलनका प्रणेता स्वर्गिय रुपचन्द्र विष्टको ८३औं जन्मोत्सवको अवसरमा उनको जन्मथलो मकवानपुरको थाहा नगरमा मनाउन थालिएको पहिलो थाहा दिवसको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 
उनले रुपचन्द्र विष्टलाई दियोको संज्ञा दिदै भने–‘दियोको प्रकाश अझै छ, प्रकाशलाई जोगाउनु सबैको कर्तव्य हो, यसलाई दुरुपयोग गर्नु गलत हो ।’ थाहा दिवस मनाउन शुरु गरेकोमा उनले शुभकामना व्यक्त गरे । कार्यक्रममा रणसंग्राम विष्टले थाहलाई बेच्ने र थाहा दर्शनलाई स्थापित र प्रयोग गर्नेबीचको स्पर्धा शुरु भएको उल्लेख गरे । थाहा नगरको शिखरकोटमा फरकसोच अभियानले आयोजना गरेको कार्यक्रममा उनले थाहा दर्शनलाई व्यवहारमा उतारे सफल भइने बताए । कार्यक्रममा एकीकृत नेकपा माओवादी थाहा नगर कमिटिका सचिव बिनोद लामाले आफू थाहा दर्शनको व्यख्याता नभएको बताउँदै थाहा दिन सके मात्र पनि ठूलो परिवर्तन हुने बताए । सामाजिक काम गर्नका लागि संघ, संगठन तथा कुनै औपचारिकता आवश्यक नपर्ने उदाहरण फरकचोच भएको बताए । सामाजिक संजाल फेसबुकमै सामाजिक अभियान संचालन गरिरहेको फरक सोच टिमको खुलेरै प्रशंसा गरे । 
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य तथा वरिष्ट पत्रकार प्रताप विष्टले हेपिएका, पछाडि पारिएका व्यक्तिको समाचारको विषय बन्नु पर्ने बताए । रुपचन्द्र विष्टको स्कूलिङ पनि यि र यस्तै विषय भएकोले यदि पत्रकारहरुले रुपचन्द्र विष्ट
सम्झने हो र उनको बाटोलाई अंगाल्न खोज्ने हो भने पनि हेपिएका, छाप्रामा बस्ने र श्रम गर्नेको समाचार पत्रकारको विषय बन्नु पर्ने बताए । उनले भने–‘विडम्बना त्यसको ठीक विपरितमा अहिलेको पत्रकारिता चलिरहेको छ । विज्ञापन धेरै दिने, धन हुने, पहुँचवालाको अधिनमा पत्रकारिता चलिरहेको छ ।
थाहा दिवसको अवसरमा संचालन गरिएको विभिन्न प्रतियोगिताका विजेताहरुलाई पनि आइतबारै थाहा दिवस समारोहमा पुरस्कार वितरण गरिएको थियो । यस अन्तर्गत थाहा दिवसको वसरमा आयोजित मकवानपुर उत्तरी क्षेत्र स्तरीय हाजिरीजावाफ प्रतियोगितामा प्रथम हुने झम्केश्वरी मावि, द्वितीय हुने जनकल्याण उच्च मावि र तृतीय भएको सुन्दरीदेवी मावि आग्राका सहभागी र विद्यालयहरुलाई पुरस्कार तथा प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । त्यस्तै थाहादर्शन विषय निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट जनकल्यण उच्च माविकी छात्रा रेजिना गोपालीलाई स्टेशनरी र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो भने आइतबार सम्पन्न थाहा दौड प्रतियोगिता अन्तर्गत पुरुष ५ किलोमिटर र महिला ३ किलोमिटरमा प्रथम द्वितीय र तृतीय भएका सहभागीहरुलाई नगद सहित पुरस्कृत गरिएको छ । पुरुष तर्फ क्रमशः प्रथम, द्वितीय र तृतीय भएका महेश मुक्तान, संजोग कार्की र प्रकाश खत्रीलाई नगद ३ हजार, २ हजार र १ हजार सहित प्रमाणपत्र तथा महिलातर्फ गंगा पन्त, बन्दना प्रधान र गायत्री पन्त क्रमशः प्रथम, द्वितीय र तृतीय भएकालाई नगद ३ हजार, २ हजार र १ हजार नगद सहित प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो । 
फरकसोच अभियान्त जयन्ती रायमाझीको सभाध्यक्षतामा भएको कार्यक्रममा हिमशिखर बचत तथा ऋण सहकारी संस्था लि. आग्राका अध्यक्ष शुभराज गोले, रुपचन्द्र विष्ट स्मृति निर्माण समितिका अध्यक्ष राजीव कुमार स्याङ्दान, नेपाली काँग्रेसका निरोज प्रधान, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष लक्ष्मण विष्ट, नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका सदस्य बालकृष्ण अधिकारी, बज्रवाराही उच्च माविका अध्यक्ष महेश्वर सुवेदी, थाहा नगरपालिकाका लेखा प्रमुख दिपक गजुरेल, निष्पक्ष युवा समूहका अध्यक्ष निराजन गोपाली लगायत विभिन्न संघसंस्थाका पदाअधिकारीहरुको सहभागिता रहेको थियो । 

तिर्थदास श्रेष्ठ स्मृति सामाजिक सम्मान कोष २०७१ वितरण

तिर्थदास श्रेष्ठ स्मृति सामाजिक सम्मान कोष २०७१ बाट मकवानपुरका वरिष्ट पत्रकार प्रताप विष्ट सहित जिल्लाको उत्तरी क्षेत्रमा रहेका एक विद्यालय र एक छात्रा सम्मनित भएका छन् । विभिन्न क्षेत्रका माध्यमबाट सामाजिक क्षेत्रमा योगदान पु¥याएका व्यक्ती र एसएलसी परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालय तथा विद्यार्थीलाई सम्मान गर्ने तिर्थदास स्मृति सामाजिक सम्मान कोषको उद्देश्य अनुसार सम्मान गरिएको हो ।
पत्रकारिताको माध्यमबाट पछाडि पारिएका र लोपोन्मुख सिमान्तकृत समुदायको समाचार लेखी पु¥याएको योगदानको कदर गर्दै पत्रकार विष्टलाई सम्मान गरिएको हो । थाहा दिवसको अवसरमा फरक सोच अभियानले आयोजना गरेको कार्यक्रममा उनलाई सम्मान गरिएको हो । नगद ११ हजार १ सय ११ र ताम्रपत्र सहित विष्टलाई वरिष्ट साहित्यकार तथा राजनैतिक विश्लेषक खगेन्द्र संग्रौलाले सम्मान गरेका हुन् । कार्यक्रममा सम्मानित पश्चात् मन्तव्यका क्रममा पत्रकार विष्टले कुनै पनि सरकारी, गैर सरकारी संस्था तथा विदेशी निकायको सहयोग विना सामाजिक क्षेत्रमा सक्रिय फरकसोच टिमलाई नगद फिर्ता गरेका थिए । उनले पुरस्कार पाएको रकमले पछाडि पारिएको व्यक्तिहरुको उत्थानका लागि रकम सदुपयोग गर्न फरक सोचलाई भनेका थिए । कार्यक्रममा २०७१ सालमा मकवानपुर उत्तरी क्षेत्रमा रहेका सामुदायिक विद्यालयतर्फ सबैभन्दा बढि नतिजा ७३.४९ प्रतिशत ल्याउने बज्रवाराही उच्च माविलाई ताम्रपत्र सहित सम्मान गरिएको थियो । त्यस्तै सबैभन्दा बढि अंक ल्याउन सफल बज्रवाराही उच्च माविकै छात्रा सुस्मिता सुवेदीलाई नगद ५ हजार ५ रुपियाँ तथा ताम्रपत्र सहित प्रमुख अतिथी संग्रौलाले सम्मान गरेका थिए । 
काठमाण्डौ जन्मथलो भए पनि थाहा नगरमा शिक्षाको विजारोपन गर्ने स्वर्गिय तिर्थदास श्रेष्ठको स्मृतिमा फरक सोच अभियानले राखेको अक्षय कोषबाट सम्मान कार्यक्रम गरिएको हो । कार्यक्रममा तिर्थदास श्रेष्ठ र उनको योगदानको विषयमा फरकसोच अभियान्ता उर्मिला श्रेष्ठले जानकारी दिएकी थिइन् । कार्यक्रममा फरकसोच अभियानले हालसम्म गरेको सामाजिक कामको विषयमा अभियान्ता सुरजकुमार भुजेलले जानकारी गराएका थिए । कार्यक्रममा फरक सोच अभियानका रामकुमार कार्की, उदयदास श्रेष्ठ, मनोज रायमाझी, अनित विष्ट, रोशन रायमाझी, लगायतकाको सहभागिता रहेको थियो । 

Saturday, January 2, 2016

बज्रवाराहीमा मानव बेचविखन विरुद्ध अन्तरक्रिया

निराजन गोपाली
 मकवानपुर थाहा नगरको बज्रवाराहीमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, रोकथाम तथा पिडित/प्रभावितहरूको संरक्षण विषयक एक दिने अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । 
कार्यक्रमका सहभागीहरु ।
अन्तरक्रियामा राजनीतिक दल, पत्रकार तथा मानवअधिकार रक्षकहरूको सहभागिता रहेको थियो । युएसएआइडी र द एशिया फाउण्डेशनको सहयोगमा जन अधिकार संरक्षण मञ्च काठमाण्डौको आयोजनामा भएको कार्यक्रममा अधिवक्ता सतीश शर्मा र मुकुन्दप्रसाद अधिकारीले कानूनी उपचार र नेपालमा बेचविखनविरुद्ध कानूनी सुरक्षाको विषयमा सहजीकरण गर्नुभएको थियो । सहभागीहरूलाई बेचविखनलाई नियन्त्रणमा संचारकर्मीको भूमिकाको विषयमा पत्रकार सुरजकुमार भुजेलले सहजीकरण गर्नु भएको थियो । 
कार्यक्रममा थाहा नगरका विभिन्न निकायमा प्रतिनीधित्व गर्ने व्यक्तीहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा थाहा नगरपालिका कार्यालयका प्रशासन शाखाका अनिल लामिछाने, संयूक्त वडा सेवा केन्द्र बज्रवाराहीका सचिव गौतम बस्ती, निष्पक्ष युवा समूहका अध्यक्ष निराजन गोपाली  लगायतकाको सहभागिता रहेको थियो । 
कार्यक्रमका सहभागीहरु ।

भूकम्प पिडित बालकहरु गिट्टी कुट्दै

थाहा नगरपालिका वडा नंबर १ खानीगाउँका करिब आधा दर्जन बालकहरु (गिट्टी) रोडा कुरेटरै आफ्नो पढाइ खर्च जुटाइ रहेका छन् । वैशाख १२ को भूकम्पले घर भत्किएपछि थप आर्थिक संकट रोडा कुट्न थालेको किरण लामाले बताए । कक्षा ८ मा अध्ययन गर्ने सन्तोष स्याङ्तान परीक्षा सकेर विदा भएको करिब एकसाताको विदामा गिट्टी कुटेरै खर्च जुटाउने बताउँछन् । आइतबारबाट विद्यालय खुल्ने भए पनि आफ्नो खर्च व्यवस्थापन गर्नका लागि विहान बेलुकी काम गर्ने उनले बताए । 

 एक टिन (एकढ्वाङ) गिट्टी ३० रुपियाँमा विक्रि हुने बताउने थाहा नगरपालिका वडा नंबर १ का निरोज लामा दिनभरी कुट्यो भने ५ देखि ६ ढ्वाङसम्म कुट्ने  बताउँछन् । कपी कलमको लागि अभिभावकसंग पैसा पनि नहुने भएपनि आफैले यसको जोहो गर्नवका लागि यस्तो काम गरेको लामा बताउँछन् । 

 निरोज संगै खानीगाउँका दर्जन बालबालिका पढाईसंगै रोडा कुट्ने काम पनि गरिरहेकाछन् । दुख गरेर पढिरहेका उनीहरुले संघसंस्थाले छात्रवृत्ति दिए हुन्थ्यो जस्तो लागेको स्थानीय किरण लामाले बताए । भूकम्प पिडित बालबालिकाको लागि छात्रवृत्ति आवश्यक रहेको विद्यार्थी लामाले बताए ।