![]() |
यादवजंग रायमाझी |
कन्भर्स जिन्स र टिसर्टमा रमाई रहेको युवा पुस्ताले परम्परागत नेपाली पहिरनलाई भुल्दै गैरहेको छ । हामीले मनाउने चाडबाडमा समेत विदेशी रंग विदेशी संस्कार र विदेशी पहिरनको प्रयोग बढ्दै गैरहेको छ । यही क्रम चलिरहने हो भने यस्तो दिन चाढै आउने छ जहाँ नेपाली पन नेपाली पहिचान शुन्य हुनेछ ।
तर आधुनिक समाज र समयमा नै जन्मिएर पनि नेपाली पहिचान स्वभिमान प्रति सचेत रहेका केहि युवाले त्यो दिन न आवोस भनी इश्वी सम्वत २०१३ जनवरी १ देखि नेपाली ढाका टोपी दिवश नाम दिएर नेपाली पहिरन नेपाली पन नेपाली पहिचानलाई जिवित राख्न लागि परेका छन । सामाजिक सञ्जालको सदुपायोग गर्दै थालिएको यो अभियानमा दशौ हजार युवा सहभागी भएको देखिन्छ । देश तथा बिदेशमा रहेका नेपाली युवाले आफ्नो फेसबुक प्रोफाइलमा ढाका टोपी लगाएको तस्वीर राख्ने क्रम निक्कै बढेको छ । जर्जियन नयाँ सालको शुभकामना भन्दा ढाका टोपी दिवशको शुभकामना दिने चलन समेत बढी रहेको छ ।

सुमन बिष्टले भन्नु भयो । यही जागरुकता, यही उत्साहका साथ सबै नेपालीले सहभागिता बढाउदै जाने हो भने ढाका टोपी दिवश सम्पुर्ण नेपालीको लागी नयाँ पर्व बन्ने निश्चित भएको छ ।