सुरजकुमार भुजेल,
मकवानपुर ।
मकवानपुर ।

सशक्तीकरण समाज मकवानपुरकी सचिव शकुन्तला गोपालीले बताइन् । योजना तथा नीति निर्माणमा जब महिलाको सहभागिता हुँदैन तबसम्म महिलाहरुको सहभागितामुलक विकास नाम मात्रको हुने सचिव गोपालीको भनाइ छ ।
स्थानीय निकाय संचालन कार्यविधि अनुसार अहिले स्थानीय निकाय (गाविस, नगरपालिका र जिल्ला विकास समितिको) योजना तर्जुमाका लागि वडा स्तरदेखि नै भेला बस्ने समय यहि हो । स्थानीय निकायको चुनाव नभएको हुनाले योजना छनौंट, बजेट विनियोजन लगायतका क्रियाकलापमा सबै राजनीतिक दलको निर्णय र वडा नागरिक मञ्चका पदाअधिकारीको भरमा संचालन हुने गरेको छ । योजना छनौंटको यो प्रक्रियामा जति महिलाको सहभागिता बढ्यो उति नै महिलामैत्री योजना बन्ने अधिकारवादीहरु बताउँछन् । गाउँ तथा नगर स्तरीय राजनीतिक संयन्त्रमा महिला सहभागिता कमी भएपछि महिलामैत्री विकास कार्य धिमा मात्र हुने संवद्ध अधिकारकर्मी लाामाले जोड दिइन् । मकवानपुरको ग्रामिण क्षेत्रलाई हेर्ने हो भने पनि यस क्षेत्रको एक मात्र नगरपालिकाको राजनीतिक संयन्त्रमा एउटा दलको बाहेक अरु दलबाट महिला प्रतिनधित्व छैन । थाहा नगरपालिकामा हाल नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चा र नेकपा–माओवादीको प्रतिनिधित्व छ । यि दलहरु मध्ये नेकपा–माओवादीबाट एक मात्र महिला प्रतिनिधि बरिना बल रहेकी छिन् । त्यस्तै वडा स्तरको योजना तर्जुमामा नेतृत्व गर्ने वडा नागरिक मञ्चका संयोजकहरु पनि थाहा नगरमा महिलाको संख्या असाध्यै कमी छ । तथ्याङ्क हेर्ने हो भने १५ वटा वडा भएको थाहा नगरपालिकामा वडा नंबर १४ मा मात्रै महिला संयोजक चुनिएकाछन् । १४ नंबर वडा नागरिक मञ्चको संयोजक कल्पना बलामी एक मात्र महिला संयोजक हुन् ।
प्रत्येक वडामा हुने वडा भेलाको नेतृत्व सम्बन्धीत वडा नागरिक मञ्चले गर्नेछ भने, त्यसको सहजीकरण स्थानीय निकायका सामाजिक परिचालकले गर्ने प्रावधान रहेको छ । वडा नागरिक मञ्चमा पनि महिलाको ३३ प्रतिशत महिलाको सहभागिता संख्या पुगेको भए पनि नेतृत्व तहमा भएको सहभागिताको कमीले महिलामैत्री योजना छायाँमा पर्ने गरेको संयोजक बलामी बताउँछिन् । योजना छनौंट गर्दा वडा नागरिक मञ्चको भेलाले योजना संकलन, प्राथमिकीकरण र आवश्यक बजेट समेत समेत उल्लेख गरी सम्बन्धीत स्थानीय निकायमा पठाउने प्रावधान छ ।

त्यस्तै जिल्लाको ४ नंबर निर्वाचन क्षेत्र अन्तर्गत गोगने गाविसमा दलिय संयन्त्रमा सात वटा दल भए पनि उनीहरु मध्ये एकजना पनि गाविसको दलिय संयन्त्रमा महिला पठाएका छैनन् । त्यसो त वडा नागरिक मञ्चको संयोजकमा नौ वटै वडामा पुरुष मात्र संयोजक रहेको राष्ट्रिय जनमोर्चाका रत्नबहादुर गोलेले जानकारी दिए । आग्रा गाविसमा पनि कुनै पनि राजनीतिक दलको महिला प्रतिनिधी नपठाएको गाविसले जनाएको छ । उत्तरी मकवानपुरका यि तथ्याङ हेर्ने हो भने, स्थानीय निकायबाट हुने योजना निर्माणमा सहभागिता ज्यादै न्यून छ ।